पार्टीको सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक एमाले बैठकमा भण्डारी

नवनारी
२२ असोज २०८३
43 Views

 

२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्।

एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेपछि उनी पहिलोपटक पार्टीको बैठकमा सहभागी भएकी हुन्। वरिष्ठ उपाध्यक्षको हैसियतमा एमालेको बैठकमा सहभागी भएको यो उनको पहिलोपटक हो।

यसअघि ८ असोजमा बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।

राष्ट्रपति बन्नुअघि भण्डारी एमालेकी उपाध्यक्ष थिइन्। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किएकी हुन्।