तीनकुने घटनामा पक्राउ परेका ११ जना हाजिर जमानीमा छुटे
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका थप ११ जना हाजिर जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ११ जनालाई मंगलबार हाजिर जमानीमा छाडिएको एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार योसँगै हाजिर जमानीमा बस्नेहरू २१ जना पुगेका छन् । रौतहट औराया घर भई काठमाडौंको जडिबुटी बस्ने १९ वर्षीय इरफान खान, सिन्धुपाल्चोक का ४९ वर्षीय गणेशबहादुर गुरूङ, काभ्रेका २३ वर्षीय विवेक खनाल, बाराका ३० वर्षीय उपेन्द्र शाह, दोलखाका १९ वर्षीय शरून थापा र कैलालीका १९ वर्षीय गणेश प्याकुरेल छुटेका हुन् । उनीहरू सबै जना चैत १५ गते पक्राउ परेका थिए ।
त्यस्तै रामेछापका २० वर्षीय स्टन लामा, सुनसरीका ४२ वर्षीय एलिसा राई र सुर्खत घर भई ललितपुरको गोदावरी बस्ने ३२ वर्षीय भविन्द्र बिसी पनि जमानीमा छुटेका हुन् । उनीहरू चैत १६ गते पक्राउ परेका थिए । त्यस्तै धनुषाका १९ वर्षीय आशिककुमार महतो र सर्लाहीका १८ वर्षीय गोविन्द राय पनि छुटेका छन् ।
एसपी बोहराका अनुसार विभिन्न व्यक्तिहरूको बयान लिएर आवश्यकता परेको बेलामा हाजिर हुने गरी छाडिएको हो । त्यसअघि प्रहरीले ९ जनालाई हाजिर जमानीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस