मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला,प्रधानमन्त्री बालेन्द्र

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् ।
मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए ।
बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले आफूले बलगर संघीयता बनाउने भनेको स्मरण गराए ।
सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।
मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो’ प्रधानमन्त्रीको भनाई उद्त गर्दै महतोले भने । बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौताहरू पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस