संयुक्त सौन्दर्य उद्यमी ललितपूरले पहिलो बार्षिकोत्सव मनाउँदै

नवनारी
२६ साउन २०८३
427 Views

 


संयुक्त सौन्दर्य उद्यमी ललितपुरले आफ्नो संस्थाको पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित तीस साउनमा मनाउने भएको छ । संयुक्त सौन्दर्य उद्यमी समुहकी अध्यक्ष रिना अवालेका अनुसार ललितपुरको अग्नि पार्टी प्यालेस कुमारीपार्टीमा पहिलो वार्षिकोत्सव आयोजना गरिने भएको छ ।
यो समुहको वर्षिक एकसय दश जना विधार्थीलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । यस समुहका अठारजना ब्युटिसियन मिलेर हालै ललितपुरका ६ वटा तालिम केन्द्रमा ब्युटिसियन सम्बन्धि एक महिनाको तालिम प्रदान गरिएको थियो । तालिमसँगै उनीहरुलाई विभिन्न स्थानमा पुगेर सामाजिक कार्यपनि गराईएको थियो ।
संयुक्त सौन्दर्य उद्यमी समूहले विधार्थीहरुलाई यो प्रथम वार्षिक उत्सव समारोहको अवसरमा प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिने भएको हो । यो समुहको वार्षिक विवरण पनि कार्यक्रममा प्रस्तुत गरिने भएको छ । कार्यक्रकको प्रमुख अतिथि लतिलपुर उपमहानगर पालिकाकी उपमेयर मञ्जली शाक्य तथा विशेष अतिथिमा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन र गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी रहने जानकारी पनि संयुक्त सौन्दर्य उद्यमी ललितपुरकी अध्यक्ष रिना अवालेले जानकारी दिएकी छिन् ।

बिष्णुमाया बास्कोटा