अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार

नवनारी
२७ वैशाख २०८२
227 Views

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले दुई मुलुक तत्काल पूर्ण युद्धविराम गर्न तयार भएको घोषणा गरेका हुन् ।

यसबारे भारतीय र पाकिस्तानी पक्षले पनि पुष्टी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा राति लामो वार्तापछि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा मलाई खुशी मिलेको छ ।’ उनले दुबै मुलुकलाई कमन सेन्स र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाइ पनि दिएका छन् ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश युद्धविरामको लागि तयार रहेको बताएका छ । शनिबारको प्रेस ब्रिफिङमा उनले साँझ ५ बजेदेखि स्थल र हवाई दुबै तर्फबाट आक्रमण नहुने बताए । उनका अनुसार १२ तारिख दिउँसो १२ बजे भारत पाकिस्ताबीच वार्ता हुनेछ । यसअघि भारत र पाकिस्तानले एकअर्का विरुद्ध सैन्य कारबाही गरिरहेका थिए ।


धेरै पढिएको