चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) स्वदेश फर्किएकी छन् । चीनको १० दिने भ्रमण सकेर सोमबार बिहान साढे १० बजे स्वदेश फर्किएकी हुन् ।
भ्रमण टोलीमा नेकपा (एमाले)का सचिव एवम् परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायत थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारका तर्फबाट निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारीसहित नेताहरू चीन भ्रमणमा गएको मन्त्री भण्डारीले बताए ।
नेपाल–चीन द्विपक्षीय हित प्रवर्द्धनका लागि भ्रमण फलदायी रहेको भण्डारीले बताए । ‘परस्पर हित अभिवृद्धि गर्ने र त्यसलाई विकसित गर्ने काम भयो । यसको सम्मान चिनियाँ पक्षबाट भयो,’ उनले भने । भण्डारीको भ्रमण सद्भाव भ्रमणका रूपमा लिनुपर्ने बताए । भण्डारी सहभागी कार्यक्रममा ६० वटा मुलुकको प्रतिनिधित्व रहेको उनले बताए ।
भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ लगायत चिनियाँ नेतासँग भेटवार्ता गरेकी थिइन् । भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस