जिम्मेवारीबोध र विश्वसनीयता नगुमाउन मिडियालाई परराष्ट्र मन्त्री राणाको आग्रह

नवनारी
३० जेठ २०८२
221 Views

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने बताएकी छन् ।

भ्रामक सामग्रीका सन्दर्भमा रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको विषयलाई धम्की भनेर प्रचार गरिएकोमा आश्चर्य व्यक्त गर्दै राणाले यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री राणाले प्रेस नोट जारी गर्दै व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवारी हुनुपर्ने आफ्नो धारणालाई तोडमोड गरिएको भन्दै मिडिया पीडित मैत्री हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएकी छन् ।


धेरै पढिएको