पशुपति शर्माको गीत ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक (भिडिओ)
काठमाडौं । चर्चीत लोकगायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक गीतमा राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरिएको छ ।
छाडा गीत गाउने देखि क्यामेरामा भाइरल हुने प्रवृत्तिसम्मलाई समेत गीतमार्फत व्यंग्य गरिएको छ । यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो । समग्रमा रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति र प्रवृत्तिमाथि व्यंग्य गरेको छ ।
गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन् । उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन् । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ । पशुपति शर्माको अफिसियल युट्युबमा गीत सार्वजनिक छ ।
भिडिओः <iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DwTAyL8M03c?si=tqlWXddTOEmnPEqb” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस