नगरप्रमुख रमेश नापितद्वारा धारापानी पटाप सडक निर्माणकाे अनुगमन (फाेटाे फिचर)

नवनारी
१० असार २०८१
196 Views

नगर प्रमुख रमेश नापितले देउराली स्कुलडाँडा पटाप सडकको अनुगमन गर्नुभएको छ। बुधबार दिउँसो देउराली पटाप सडक निर्माणस्थलमा पुगेर उहाँले सडक ढलान कार्यकाे अनुगमन गर्दै गुणस्तरीय ढंगले काम गर्न निर्देशन दिनुभयाे ।
बुधबार १५० मिटर लम्बाई र ६ मिटर चाैडाई सडककाे ढलान कार्य गरिएकाे हाे ।
प्रदेश समपुरक बजेट अन्तर्गत प्रदेश र नगरपालिकाकाे संयुक्त बजेटमा अाधा किलाेमिटर सडक स्तराेन्नतीकाे काम भईरहेकाे हाे । पटाप जाने अप्ठेराे  बाटाे अन्तरगत रहेकाे देउराली सडक खण्डमा सडक चाैडा गर्नुका साथै सडक ढलान, ग्याबिन वाल, अारसिसी बाल, ड्रेन लगायतको काम गरिएकाे हाे ।
नगरपालिकाका प्राविधिक ईन्जिनियर बालकृष्ण मानन्धर सहित सडक निर्माण कामको अनुगमन गर्दै मेयर नापितले गुणस्तरीय ढंगले सडक आयोजना निर्माण भइरहेकोप्रति अाफु सन्तुष्ट रहेकाे जानकारी दिनुभयो।
देउराली धारापानी पटाप सडक अन्तर्गत १ करोड १४ लाख ५९ लाख,६३१ रूपैया बजेटमा मणिच्युड बिल्डर्स प्राली निर्माण व्यवसायीले निर्माण गरिरहेको छ ।

यस्तै साेहि खण्डमा ८२ लाख ३३ हजार ६५९ रुपैयाँ लागतमा सडक स्तर उन्नतिको काम भइरहेको अर्काे सडक प्याकेजकाे पनि अनुगमन गर्नुभयाे । साे क्रममा स्थानीयबासीसँग कुरा गर्नुहुँदै मेयर नापितले देउरालीदेखि कुण्डेश्वरसम्म कालाेपत्रे गर्नका लागि अाफु निरन्तर लागिपरेकाे जानकारी गराउनुभयाे ।
धन एन्ड सन्स कन्स्ट्रक्सन प्रालीले निर्माण गरिरहेको सडकमा ग्याबिन वाल लगाउने,आरसीसी पर्खाल, ग्याबिन वाल, ड्रेन लगायतको काम भइरहेको छ।
यो सडक आयोजना सम्पन्न भइसकेपछि पटाप बासीलाई काठमाडौँ जान आउनका लागि सहज हुने र देउरालीदेखि  पटापसम्मकाे सडक पक्की र फराकिलाे बनाउन आफू निरन्तर लागिपर्ने नगर प्रमुख नापितले जानकारी दिनुभयो । नगर प्रमुख रमेश नापितका साथै उपप्रमुख समिता श्रेष्ठले पनि सडक आयोजनाको निरीक्षण गर्नुभएको छ ।


धेरै पढिएको