सुनको मूल्य तोलामा दुई सयले बढ्यो
178 Views
काठमाडौँ- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।
यस्तै, आइतबार प्रतितोला रु एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस