सुनको मूल्य तोलामा ९ सयले वृद्धि, कतिमा हुँदैछ कारोवार ?

नवनारी
४ असार २०८२
205 Views

काठमाडौँ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो । भने आज ९ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।