सुनको मूल्य सामान्यले घट्यो, कतिमा हुँदैछ कारोवार ?
383 Views
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य अंकले घटेको छ ।
आज छापावाल सुन तोलामा ४ सयले घटेर एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेजनाएको छ । बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमाकारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस