प्राध्यापन छाडेर संसद छिरेकी विद्यालाई शिक्षा मन्त्रालय

नवनारी
३१ असार २०८१
162 Views

कास्की २ बाट निर्वाचित भएकी विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन सोमबार २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ओली नेतृत्वको मन्त्रिपरिषदमा कास्कीकी भट्टराई शिक्षामन्त्री बनेकी हुन्।

राजनीति छाडेर प्राध्यापनमा लागेकी उनी श्रीमान रवीन्द्र अधिकारीको ताप्लेजुङे हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै राजनीतिमा फर्किएकी थिइन्। २०३० सालमा सिन्धुपाल्चोकमा जन्मिएकी विद्याको परिवार नै राजनीतिमा थियो।


धेरै पढिएको