प्रधानमन्त्री ओलीले पाए दुई तिहाइको विश्वासको मत

नवनारी
६ साउन २०८१
207 Views

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २ तिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको १८८ मत पाएका हुन ।
संसदमा उपस्थित सांसद संख्या २६३ रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।
उनको विपक्षमा ७४ मत परेको छ । १ सांसद तटस्थ बसेका छन् ।

ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिएका छन् । यस्तै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरेका छन् । एमाले–कांग्रेस गठबन्धनबाट गत असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।


धेरै पढिएको