नेपाल परिवार दल

नेपाल परिवार दलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बधाई ज्ञापन

उत्पीडित वर्ग र समुदायको सशक्तिकरणकोलागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाइ सुझाब

नवनारी
६ साउन २०८१
148 Views

नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको शुभकामना दिएको छ । शनिवार अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा गएको केन्द्रिय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाइ भेटि बधाई ज्ञापन गरेको हो । परिवार दलले मुलुकको आर्थिक समृद्धि, सामाजिक सुधारका साथै राजनीतिक स्थायित्वका लागि आवश्यक कानुनी सुधार गर्न तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ मार्गचित्रसहित द्विपक्षीय र बहुपक्षीय व्यापार बृद्धि गर्नेगरी आर्थिक कूटनीतिक प्रयासलाई प्रभावकारी वनाउनु पर्ने सुझाब दिएको छ ।
साथै सुशासन, दण्डहीनताको अन्त्य, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, वैदेशिक नेपाली श्रमिकको हित, युवाको लागि देश भित्रै वृहत रोजगारी सिर्जना गर्दै देश भित्रका उत्पीडित वर्ग र समुदायको सशक्तिकरणको लागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाइ सुझाब दिएको छ । साथै बृहतर राष्ट्रिय सहमति सृजना गरि सरकार संचालन गर्न पनि सुझाब दिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि मण्डललाई धयाबाद दिदै राष्ट्र निर्माणको महान अभियानमा सहयोग गर्न आग्रह गर्नु भयो ।


प्रधानमन्त्रीलाइ शुभकामना दिने कार्यक्रममा दलका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल, सभासद मिलन कुमारी राजबंशी, दलका महामन्त्री द्वय सन्तोष कुमार पौडेल तथा प्रकाश बाबु थापा, सह–महामन्त्री रुपसिंह भण्डारी, कोषाध्यक्ष गोबिन्दनाथ मिश्र, सह–कोषाध्यक्ष बुद्धिमाया पुन साथै केन्द्रिय सल्लाहकारहरु प्राध्यापक नारायण शर्मा गजुरेल, प्राध्यापक डा. श्रीराम प्रसाद उपाध्याय, पण्डित केशब प्रसाद चौलागाईं र केन्द्रिय सदस्यहरु लक्ष्मी प्रसाद भण्डारी, अधिबक्ता दयाराम कंडेल, निला श्रेष्ठ, कामना भुसाल, डा. पियारत्न महर्जन, प्राध्यापक कृष्ण प्रसाद ढकाल, केशब श्रेष्ठ, ईश्वर भट्ट, जितेन्द्र श्रेष्ठ, हिम बहादुर गुरुङ र पर्यटन व्यवसायी नवराज ढकाल लगाएतको उपस्थिति थियो । साथै परिवार दल काठमाडौं जिल्ला अध्यक्ष अनिल भण्डारी, ओखलढुंगा जिल्ला अध्यक्ष ढुण्डीराम खनाल, चितवन जिल्ला अध्यक्ष धर्म प्रसाद ढकाल लगाएतको पनि उपस्थित थियो ।

 


धेरै पढिएको