बेसिक र एड्भान्स तालिम सिकेकालाई सर्टिफिकेट वितरण
158 Views
काठमाडौँ । ब्यूटी ल्याब सलोन एण्ड ट्रेनिङ्ग सेन्टरले बेसिक र एडभान्स काेर्ष गरेका विद्यार्थीलाई सर्टिफिकेट वितरण गरेको छ।
गत साता एक कार्यक्रमको आयोजना गरेर आफ्ना ४० विद्यार्थीलाई सर्टिफिकेट वितरण गरिएको हो।
ब्यूटी ल्याब सलोन एण्ड ट्र«निङ् सेन्टरले लामो समयदेखि ब्युटीसियनको क्षेत्रमा काम गर्दै आइरहेको छ।

सेन्टरकी संचालिका गायत्री सिलवालले बेसिक र एडभान्स सिकेका आफ्ना विद्यार्थीलाई सटिफिकेट वितरण गरिएको जानकारी दिइन्।
उनीहरुको उज्वल भविष्यको कामना गर्दै आफूले सिकेको सिप खेर नफाल्न र सटिफिकेटलाई भित्तामा झुण्डाएर मात्र नराख्न अनुरोध गरेकी छिन्।
उनले विशेषगरी महिलालाई आर्थिकरुपमा आत्म निर्भर हुन समेत आग्रह गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस