सौगात मन्टेश्वरी स्कुलमा भानुजयन्ती भव्यताका साथ सम्पन्न

नवनारी
११ साउन २०८१
249 Views

काठमाडौँ- आदिकवि भानुभक्तको कृतित्व र व्यकतित्वलाई स्मरण गर्दै सौगात मन्टेश्वरी स्कुलले असार २९ गते २११ औँ भानु जयन्तीको अवसर पारेर छन्द साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा कक्षा यू.के.जी देखि कक्षा–३ सम्मका विधार्थीहरूले सामुहिक छन्द वाचन गरेका थिए। छन्द वाचनका साथसाथै कक्षा १ का विधार्थीहरुले भानुभक्त घाँसीको विचारबाट प्रभावित भएको घटनालाई नाटकको रुपमा प्रस्तुत गरेका थिए। कक्षा ३ का विधार्थीहरूले रामायणको बालकाण्ड वाचन गरेका थिए भने कक्षा २ र १ का विधार्थीहरूले उक्त रामायणमा छन्द नाटक प्रस्तुत गरेका थिए।

विधार्थीहरूको प्रस्तुती हेरिसकेपछि प्रमुख अथीति अनन्त वाग्लेले भने, “रामायणका श्लोकहरू सुन्दा र दृश्यहरू हेर्दा म त त्रेतायुगमा नै पुगेको महशुस गरेको थिएँ।” सौगात मन्टेश्वरीले बलबालिकाहरूलाई किताबी ज्ञानमा मात्र सिमित नराखेर भाषा,कला र साहित्यमा समेत विधार्थीलाई आकर्षण बढाउन राम्रो वातावरणको सिर्जना गरेकोमा धन्नेवाद ज्ञापन गर्दै विधलायको खुलेर प्रशंसा समेत गरेका थिए। उनले विधार्थीहरूलाई सुरूमा आफ्नो मातृभाषा राम्रो संग सिकाएर मात्रै अरु भाषामा जोड दिन आग्रह गरे।

उक्त छन्द साँझ कार्यक्रममा अभिभावकहरूको पनि बाक्लो उपस्तिथि रहेको थियो। आफ्ना बलबालिकाहरूका प्रस्तुति हेरेर अभिभावक निकै खुशी थिए।

आफ्नो भाषा,कला र साहित्यको संरक्षणको लागि विगत ८ वर्ष देखि सौगात मन्टेश्वरीले विविध कार्यक्रमहरूको आयोजना गर्दै भानु जयन्ती भब्य रुपमा मनाउँदै आइरहेको छ।

उक्त कार्यक्रम मा बोल्दै सौगात मन्टेश्वरीको संस्थापक तथा प्रध्यानाध्यापक राज्यलक्ष्मी बैदारले भाषा रहे पो हामी रहने बताइन्। उनले भनिन्, ‘अहिलेको समयमा हराउदै गएको हाम्रो भाषा,कला र साहित्यको हामिले जगेर्ना गर्नुपर्छ। हाम्रो भाषा,कला,संस्कारलाई जोगाउन सके मात्र हामी नेपाली हुनेछौ। नेपाली भाषाको अध्यन ,अनुसन्धान र विकास नै भानुभक्त प्रतिको सच्चा श्रद्धासुमन हुनेछ”।

बालबालिकाहरूमा शिक्षाका साथसाथै साहित्य संस्कार दिनु पनि आजको मुख्य आवश्यकता भएको भन्दै उनले स्कूलमा हरेक वर्ष यस्तै प्रकारका कार्यक्रमहरूको आयोजना गर्दै आएको बताइन्।

विधार्थीहरूको सर्वाङ्गिण विकासकोलागि प्रयोगमूलक शिक्षाक दिइने यस सौगात मन्टेश्वरीमा अब शिक्षामा कसरी संस्कार र सिपसंग जोडेर लाने भन्ने विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको र यस विषयमा आफु जोडतोडले लागेको समेत बताइन्।

 

 

 


धेरै पढिएको