एसवाई कम्पनीका कोरियाली सौन्दर्य प्रशाधन सामाग्री बजारमा

नवनारी
१५ साउन २०८१
204 Views

काठमाडौँ- एसवाई कस्मेटिक्सले कोरियाली सौन्दर्य प्रशाधन बजारमा उपलब्ध गराएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले मिट एण्ड ग्रिट इभेन्ट आयोजना गरेको हो।

कार्यक्रममा कम्पनीका सौन्दर्य सामाग्री पहिलो मिस नेपाल रुबी राणा र एसवाई ग्रुपका नेपालका लागि प्रवन्ध निर्देशक छोइदिङ एलले लञ्च गरेका छन्।

निर्देशक एलले नेपालमा एसवाईका उत्पादनहरु बढीभन्दा बढी सौन्दर्यका पारखीहरुमाझ पु¥याउनु कार्यक्रमको उदेश्य रहेको बताए।

निर्देशक एलले नेपालमा एसवाईका उत्पादनहरु बढीभन्दा बढी सौन्दर्यका पारखीहरुमाझ पु¥याउनु कार्यक्रमको उदेश्य रहेको बताए। उनले बिश्वप्रख्यात सौन्दर्य प्रशाधनका सामानहरु बिक्रिवितरणमा सहकार्य गरेर अगाडि बढ्ने बताए।

कार्यक्रममा बोल्दै पहिलो मिस नेपाल रुबी राणाले डिजिटल माध्यमबाट पनि आर्यआर्जन गर्न सकिने बताइन्। उनले आफुले जानेको ब्यवसायमा अगाडि बढ्न सुझाव दिइन्।

त्यसैगरी एसवाई ग्रुपका नेपालका लागि प्र एसवाई कस्मेटिक्सका निर्देशक बिमल राज कोसाइले कम्पनीको बारेमा बताउँदै आफ्नो सौन्दर्य प्रशाधनहरुमा प्रयोग भएका सामाग्रीहरुका विषयमा पनि जानकारी दिए। कार्यक्रममा सहभागीको छालाको परीक्षणसमेत गरिएको थियो।

 

 


धेरै पढिएको