गर्मीमा सजिलै पच्ने फलफुल र तरकारी

नवनारी
७ जेठ २०८२
319 Views

तरबूजाः यसमा ८० प्रतिशत पानी हुन्छ जसले डिहाइड्रेशनबाट बचाउछ ।
आँपः यसमा बीटा केरोटिन, भिटामिन सी र फाइबर हुन्छ ।
पनीरः यसमा प्रोटीन र क्याल्शियम धेरै मात्रामा हुन्छ ।
फिशः गर्मीमा फ्राइड फिसको ठाउँमा स्टीम फिश खानुहोस् ।
ओट्सः यो प्रोटीन र फाइबरले भरपूर हुन्छ ।
सलादः यसमा ग्रीन भेजिटेवल्स, ग्रीन भेजिटेवल पास्ता, ग्रीन भेजिटेवल विद पनिर सलाद लिन सक्नुहुन्छ ।
भेजिटेवल चिल्ड सूपः खाना खानु भन्दा पहिले काक्रोले सूप पीउनाले गर्मीमा भोग लाग्छ ।
भुटेको तरकारीः बाहिरबाट आएर प्याज, गाजर, बीन्स र लसून भुटेर खानुहोस् यसमा यस्तो एन्टी अक्सीडेन्ट हुन्छ जुन गर्मीमा हुनेवाला छाला सम्बन्धि रोगबाट बचाउछ ।

गुड फूड – ब्याड फूडः
शरीरको बिकास र राम्रो स्वास्थ्यका लागि पोषक तत्वको आवश्यकता हुन्छ । यस्तो पोषकतत्व जून हाम्रो शरीरमा भिटामिन, प्रोटीन्स, मिनरल्स, कार्बोहाइड्रेट्स, क्याल्शियम, आइरन, ओमेगा–३ आदीको कमी पूरा गर्दछ । यो पोषण तत्वमा यदि कुनै एकको मात्रा कम भयो भने हाम्रो शरीररोगबाट ग्रसित हुन्छ त्यसैले आवश्यक हुन्छ ब्यालेन्स डाइट जसमा उपरोक्त बताएको सबै पोषकतत्व शामेल हुन्छ । आउनुहोस् जानाँै यस्तै गुड फूड र ब्याड फूडको बारेमा ।

गुड फूडः
१ ग्रीन टीः
यसमा यस्तो एन्टी अक्सिीडेन्ट हुन्छ जसले एजिंग प्रोसेसलाई कमगर्दछ । ग्रीनटीमा ईसीजीसी नामक एन्टी अक्सिीडेन्ट हुन्छ जसले शरीरमा भएको कुनै पनि टिस्युलाई नोक्सानी नपुर्याई क्यान्सर सेल्सलाई बढ्नबाट रोक्न । ग्रीनटीमा फाेट्स कम गराउने तत्व हुन्छ जसले बजन कम गर्नमा सहयोग हुन्छ ।

२ ब्रोकाउलीः
भिटामिन ए र सी फलिक एसिड, कैल्शियम, आयरन र फाइबरबाट भरपूर ब्रोकाउली वेट लस, रुघा–खोकी र स्टे«स भगाउनको लागि सहयोग हुन्छ । जो मानिस डेरी प्रोडक्टको सेवन गर्दैनन् उनीहरुको लागि यो बेस्ड सप्लीमेन्टको काम गर्दछ । गर्भवती महिलाको गर्भावस्थाको दौरानमा ब्रोकाउलीको सेवन गर्नुपर्दछ । किनकी यो गर्भावस्थाको दौरान हुने जटिलतालाई कम गर्दछ । ब्रोकाउलीमा यस्तो एन्टी–अक्सीडेन्टस् हुन्छ जसले बिशेष रुपले बेस्ट क्यान्सर, कोलोन र लंग क्यान्सर जस्तो रोगसँग लड्नको लागि सहयोग गर्दछ ।

३, मल्टीग्रेन ब्रेडः
यो एक हेल्दी फूड हो । यसमा कम्प्लेक्स कार्बोहाइड्रेट हुन्छ यसबाट पाचन क्रिया विस्तारै चल्छ र शरीरलाई पोषित गर्नको लागि पोषक तत्वको धेरै समय मिल्दछ । फाइबर धेरै मात्रा हुने कारण मल्टीग्रेन ब्रेड डाइबिटिस, हर्ट डिजीज, ब्लड पे्रशर र अन्य रोगहुनबाट रोक्छ ।

४ ओट्सः
एक अध्ययनबाट यो सावित भएको छ की यदि नियमित रुपले एक कटौरा ओटमिलको सेवन गर्नुभयो भने कोलेस्ट्रोल लेवल २३ प्रतिशत सम्म कम हुनसक्छ । यसमा यस्तो तत्व छ जसले तनावलाई कम गरेर इम्यून सिस्टम बलियो बनाउन, एग्जीमा वा स्किन डिजिजलाई हटाउनको लागि र इनर्जी बढाउनमा सहयोगी हुन्छ । यसको अतिरिक्त ब्याड कोलेस्ट्रोल लेवललाई ओट्सले कम गर्दछ ।


धेरै पढिएको