जोन ४७ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन सम्पन्न
काठमाडाै- लायन्स अन्तराष्ट्रिय ३२५ आईकाे जाेन ४७ अन्तर्गत ६ क्लबहरुको संयुक्त पदस्थापन तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।

जोन ६ अन्तर्गतका लायन्स क्लव अफ काठमाडौँ साकुरा, लायन्स क्लब अफ काठमाडौँ विभुती, लायन्स क्लब अफ काठमाडौँ सिदार्थ बाघ भैरव, लायन्स क्लब अफ काठमाडौँ वी केयर, लायन्स क्लब अफ काठमाडौँ जोस र लायन्स क्लब अफ काठमाडौँ करुणाको संयुक्त आयोजनामा पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमका साथै लायन्स क्लब अफ साकुराको ११ औँ चार्टर नाइट सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेश्नल ३३५ आईका डिस्ट्रिक गभर्नर लायन विनाेद ढुङ्गाना, विषेश अतिथिमा लायन मनबहादुर रोका, निवर्तमान गभर्नर लायन चन्द्र कुमार केसी, पूर्व गभर्नर लायन इन्दू लम्साल, डिस्ट्रिक फस्ट भाइस गभर्नर पार्वती खरेल पाण्डे, सेकेन्ड भाइस गभर्नर लायन सूर्य कुमार केसी लगायत विभिन्न व्यक्तिहरुको अतिथ्यता रहेको थियो।

उक्त कार्यक्रमको कार्य सम्पादन र प्रतिवेदन लायन्स क्लब अफ काठमाडौँ साकुराबाट लायन सूर्य प्रकाश श्रेष्ठ र लायन क्लब अफ काठमाडौँ विभुतिबाट रेखा थापाले गराउनु भएको थियो। लायन राजकुमार थापा, लायन मन्जरी मल्ल, लायन सुमन पौडेल, लायन सुभद्रा सिग्देल, लायन हिमानी मल्ल, लायन संगिता केसीले भावी कार्य योजनाहरु प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा पहिलो सत्रको अधयक्षतामा लायन्स क्लब अफ काठमाडौँ विभुतिका निवर्तमान रेखा थापा, दोस्रो सत्रको अध्यक्षाता लायन्स कल्ब अफ काठमाडौँ साकुराका वर्तमान अध्यक्ष लायन राजकुमार थापाले गरेका थिए र लायन्स क्लब अफ काठमाडौँ विभुतीका निवर्तनमान अध्यक्षले स्वागत मन्तव्य राख्नु भएको थियो।

भने लायन्स क्लव अफ काठमाडौँ साकुराका प्रथम उपाध्यक्ष सुशिला लोहनीले धन्यवाद र साकुराका सचिव डा. सभ्यता गौतमले राष्ट्रिय ध्वजाको अभिवादन गरेका थिए। कार्यक्रममा पहिलो सत्रको कार्यक्रम संचालन विभुतिका सचिव लायन निता केसी र दोस्रो सत्रको कायक्रम करुणाका सचिव लायन लिला केसीले गरेका थिए।

कार्यक्रमलाई रोचक बनाउन ८ वर्षिया ग्रिम्सा पुनले स्वागत न्यृत्य प्रस्तुत गरेकी थिइन्। क्लवका नयाँ स्थापित क्लव र नयाँ सदस्यलाई शपथ ग्रहण दोस्रो भाइस गभर्नर लायन सुर्य केसीले गराएका थिए। ६ वटा क्लवका सदस्यलाई लायन विनोद ढुङ्गानाले पदस्थापन गराउनु भएकाे थियाे।

शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व डिस्ट्रिक गभर्नर इन्दु लम्साल, प्रथम भाइस गभर्नर पार्वती खरेल पाण्डे तथा निवर्तमान डिस्ट्रिक गभर्नर चन्द्र कुमार केसीले छ वटै पदस्थापित हुने क्लवका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना तथा हौसला प्रदान गर्दै आफ्नो कार्यकाल पूर्ण रपमा सफलता पूर्वक सम्पन्न गर्ने निवर्तमान अध्यक्षहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गराउनु भएको थियो।





प्रतिक्रिया दिनुहोस