नवनारी सौन्दर्य सम्मान २०८१ सम्पन्न

नवनारी
२४ भदौ २०८१
233 Views

काठमाडौँ । हरेक वर्षझै नवनारी मिडिया एण्ड रिसर्च प्रा.लि.ले आयोजना गर्ने सौन्दर्य सम्मान यस वर्ष पनि सम्पन्न भएको छ।

हरितालिका तीजको अवसर पारेर गरिने यस सम्मानमा यस वर्ष ८ जना व्यूटिसीयन र १ जना डिजाइनर गरी जम्मा ९ जना सम्मानित भएका छन्।

महिलाहरुलाई आत्मनिर्भरतर्फ उत्प्रेरित गर्ने नवनारी मिडियाले विगत १७ वर्षदेखि मासिक म्यागजीन पनि प्रकाशन गर्दै आएको छ। महिलाहरुका सफलताका कथा, महिलाहरुको व्यापार व्यवसायको प्रचार तथा आत्मनिर्भर हुनका लागि प्रोत्साहन गर्नेखालका लेख रचना प्रकासित हुँदै आएका छन्।

सम्मानित हुने व्यूटिसियनमा अर्चना कडेल (सिलवाल), गमला राजभण्डारी (अस्मिता), विमला बोहोरा, बसुधा बन्जिमय, अनिता ब्याञ्जु, बिना राना मगर, शान्ती श्रेष्ठ, सीता श्रेष्ठ र डिजाइनर भावना शाही रहनुभएको छ।

तीजको अवसर पारेर आयोजना गरेको कार्यक्रममा २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिमा खानेपानी मन्त्री प्रदिप यादव, विशेष अतिथिमा उपत्यका विकास प्राधीकरणका आयुक्त जानुका ढकाल, इन्द्रेणी स्वीट्स होटलका सम्भु श्रेष्ठ र, कार्यक्रमको सभापतिमा नवनारी मिडिया एण्ड रिसर्च प्रा.लि.का अध्यक्ष तथा प्रवन्ध निर्देशक विनोद पछाइरहनु भएको थियो।

कार्यक्रमलाई इन्देणी स्वीट्स होटल, डेकर कस्मेटिक, श्री कुमकुम ज्वैलर्स विशालबजार, बाटिका क्रियसन, महालक्ष्मी इम्पेक्स, क्यान्भास वाइन र परेली अल केयरले सपोर्ट गरेका थिए।

आयोजकको भूमिकामा रहेर मायाज व्यूटीपार्लरका गीता गिरी, करुणाज व्यूटी पार्लरका करुना पुरी, पिएस व्यूटी सलुनका पुनम थापा र जेन्यू हेयर एण्ड व्यूटीका जयन्ती रानामगरले कोडिनेशनको पाटोबाट सहयोग गर्नुभएको थियो।

 

 


धेरै पढिएको