सुनको मुल्य तोलाको झण्डै १ लाख ५८ हजार पुग्यो, आज मात्रै १३ सयले मुल्य बृद्धि

नवनारी
४ माघ २०८१
241 Views

काठमाडौं । नेपाली बजारमा सुनको भाउ पुन लगातार बढ्न थालेको छ । बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको मूल्य आज १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

 


धेरै पढिएको