वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग

नवनारी
६ माघ २०८१
194 Views

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग गरेको छ । सो अवसरमा भक्तपुरको बोडे स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा सहयोग कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वृद्धाश्रममा बसोबास गरिरहेका वृद्धवृद्धाहरूलाई जाडोयाममा आवश्यक पर्ने ६ थान हिटर र खाद्यान्न सामग्रीहरू प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वृद्धाश्रम समितिका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ, मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, तथा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले स्थापनाको पाँचौं वार्षिकोत्सवलाई विशेष बनाउन माघ महिनाभर विभिन्न कार्यक्रमहरू, जस्तै रक्तदान, वित्तीय साक्षरता प्रवर्द्धन, र सामाजिक सहयोग जस्ता गतिविधिहरू आयोजना गर्ने बताएको छ ।


धेरै पढिएको