चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा सांस्कृतिक कार्यक्रम
215 Views
काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौँको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न सांगितिक प्रस्तुति दिएका छन् । सो अवसरमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानासहित चिनियाँ दूतावासका राजदूत चेन सोङ र अन्य कलाकारहरू उपस्थित थिए । यसअघि काठमाडौँको टुँडिखेलमा पनि चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस