चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
197 Views
काठमाडौँ । मध्यरातमा युवकलाई निर्घात कुटपिट गरेका नेपाल प्रहरीका असई प्रहरी निलम्बनमा परेका छन् । असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महत्तोले जानकारी दिएका छन ।
घटना पुस १५ गते राति १० बजेर १० मिनेटमा चितवन भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ । उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस