बालिकामाथि बलात्कार आरोपमा भोजपुरमा एक जना पक्राउ

नवनारी
७ माघ २०८१
179 Views

काठमाडौं । बालिकामाथि बलात्कार आरोपमा भोजपुरमा एक जना पक्राउ परेका छन् । जिल्लाको हतुवागढी गाउँपालिका–८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनले भदौं १० गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


धेरै पढिएको