सुनको मूल्य तोलामा १ हजार १ सयले बढ्यो

नवनारी
८ माघ २०८१
205 Views

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको हाे । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


धेरै पढिएको