सुनको मूल्य तोलाको १ लाख ६० हजार पुग्यो

नवनारी
९ माघ २०८१
190 Views

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार १०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस ९ अमेरिकी डलर बढेर २ हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी बुधबार प्रतितोला १ हजार ८९५ मा कारोबार भइरहेको छ ।


धेरै पढिएको