‘फेक’ इमेलबाट सावधान रहन प्रहरीको आग्रह

नवनारी
९ माघ २०८१
274 Views

काठमाडौं । प्रहरीका विशिष्ट कार्यालय र अधिकृतको नाममा इमेल आएमा सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपिल गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै त्यस्ता ‘फेक’ इमेलबाट सावधान रही नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सूचित गर्न भनेको हो ।
सूचनामा भनिएको छ, ‘प्रहरीका विशिष्ट कार्यालय वा अधिकृतको नाम लिएर इमेल आउँदैमा विश्वासमा नपर्न तथा कुनै प्रतिक्रिया नदिन विनम्र अनुरोध गर्दछौं ।’ प्रधान कार्यालयका अनुसार प्रहरीमा यस्ता गुनासो आएकाले गुनासो उपर अनुसन्धान भइरहेको छ ।​


धेरै पढिएको