सामूहिक बलात्कार पछि किशोरीको हत्या गर्ने पाँच जनालाई मृत्युदण्ड

नवनारी
११ माघ २०८१
181 Views

काठमाडौं । छिमेकी देश भारतमा एक किशोरीको सामूहिक बलात्कार गरेर हत्या गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ । सीबीएसका अनुसार बलात्कारीहरूले किशोरीका बाबु र एक भतिजीको पनि क्रूर हत्या गरेका थिए । घटना चार बर्ष अगाडि सन २०२१ जनवरीमा भारतीय राज्य छत्तिसगढमा घटेको हो ।

भारतमा बलात्कारका घटना दैनिक सार्वजनिक हुन्छन् । सन २०२२ को एक अध्ययनले हरेक दिन ९० जनाको भारतमा बलात्कार हुने देखाएको छ ।
सन २०१२ मा दिल्लीकी एक छात्राको बलात्कारपछि हत्या गरिएको घटना र गत साल कोलकातामा भएको एक डाक्टर महिलाको बलात्कार र हत्याको घटनाले भारतमा आन्दोलन भएका थिए । सन २०१२ को दिल्लीको घटनाका दोषीलाई सन् २०२० मा मृत्युदण्ड दिइएको छ । कोलकाताका दोषीलाई पनि आजीवन कैद फैसला सुनाएको छ । अभियानकर्मीहरूले भने मृत्युदण्ड को माग गरिरहेका छन् ।


धेरै पढिएको