टी–२० विश्वकपः सर्वाधिक विकेट लिने बलर बनिन् नेपाली कप्तान महतो
काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पुजाले ४ खेलमा ९ विकेट लिइन् ।
लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् भने तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् । अब सुपर सिक्स देखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् । अहिले मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपालले आज मलेसिया संग जितेको अवस्थामा सान्त्वना जित हात पार्ने छ ।

प्रतिक्रिया दिनुहोस