चार दिनअघि भागी विवाह गरेको जोडी मृत भेटियो, अनुसन्धान गर्दै प्रहरी

नवनारी
१२ माघ २०८१
194 Views

काठमाडौँ । रुकुम पश्चिममा दुई जना किशोर किशोरी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार केही दिनअघि भागी विवाह गरेका जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका थिए । शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको विष्ट जनाए ।

उनका अनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ । घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए । स्थानीयका अनुसार उनीहरुले चार दिनअघि भागी विवाह गरेका थिए ।


धेरै पढिएको