ठमेलमा एक युवती मृत फेला

नवनारी
१३ माघ २०८१
138 Views

काठमाडौं । काठमाडौंको ठमेल स्थित एक होटलमा एक जना युवती मृत फेला परेकी छन् । आइतबार बिहान ९ बजेतिर काठमाडौं महानगरपालिका–२६ स्थित ड्रेन्किङ इन गेष्ट हाउसमा एक जना युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

उनका अनुसार रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ २०२ कोठा नम्बरमा मृत फेला परेकी हुन् । उनको मृत्यु कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले बताइन् । घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


धेरै पढिएको