नारी आर्थिक र मानसिक रुपमा पनि सफल हुनुपर्छ – पुनम थापा
काठमाडौँ । सर्वश्रेष्ठ मानव जातिमा महिला जननी हुन् । कोमलता, धैर्यता, प्रेरणा ममता र उर्जाका खानी हुन् । हुन त समय अनुसार महिलालाई देवीका अनुसार पनि चिनाइयो । महिला वा आमा भन्ने वित्तिकै कसैले धर्ती अर्थात श्रृष्टिकर्ताका रुपमा पनि सम्झिने गर्छन् । तर खासमा महिलाहरु त्यतिमा मात्रै सिमित छैनन् । सामाजिक अभियान होस् या अन्य पेशा व्यवसायमा पनि महिलाहरुको बिर्सन नसकिने भूमिका निर्वाह गरिरहेका छन् । वास्तममा वर्तमान समयमा महिलाहरु आत्मविश्वासका साथ आत्मनिर्भर हुँदै प्रेरणाका स्रोत समेत बनेका प्रशस्त उदाहरण छन् ।
एक उदाहरणीय व्यक्तित्व हुन, प्यूठानमा जम्मिएकी पुनम थापा । उनी बुवा गणेशबहादुर थापा र आमा शारदा थापाको कोषबाट पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् । पुनम प्यूठानमा जम्मिए पनि नेपालगञ्जको गणेशपुर (न्यूरोड) मा हुर्किएकी थिइन् । उनको बाल्यकाल पनि त्यहि वित्यो । जीवनका विभिन्न आरोह अवरोध छिचोल्दै पुनमले काठमाडौँको बसुन्धरामा रहेको याक्रिट एकेडेमिबाट समाजशास्त्र र अंग्रेजीमा स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छन् । वि.स. २०६८ सालमा वैदैशिक रोजगारारदाता कम्पनीमा जनसम्पर्क अफिसर भएका आफ्नो करियर सुरु गरेकि थिइन् । पछि उनले हलेसी ओभरसिज नाममा वैदेशिक रोजगार सम्बन्धी काम गर्ने आफ्नै कम्पनी स्थापना गरी कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेकी थिइन् ।
उनी भन्छिन्, ‘बुभ्ने भएपछि नै म मा केहि गर्नुपर्छ भन्ने हुटहुटी थियो र त म आज यो ठाउँ सम्म आएको छु ।’ त्यसैले उनी त्यतिकैमा रोकिनन् । उनले धेरै क्षेत्रमा काम गरिन् त्यसमा सफल पनि भएकी छन् । उनले वि.स. २०७६ सालमा व्यूटिसिन पेशा सुरु गरेकी थिइन् । महिला आफै नै आर्थिक रुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्ने पुनमले आफुमात्र आत्मनिर्भर भएको छैनन् । अरु दिदीबहिनीहरुलाई पनि अघि बढ्नमा सहयोग गर्नुपर्छ भनृेर ब्यूटिसिनको तालिम समेत दिइरहेकी छन् । पियस ब्यूटि पार्लरको प्रोपाइटर समेत रहेकी उनले अहिले घर परिवारमा पनि संगै लिएर काम गरेकी छन् । उनले बुटिक व्यवसाय समेत सञ्चालनमा ल्याएकी छन् ।
एक दशक लामो समय वैदेशिक रोजगारदाताको क्षेत्रमा काम गरेकी उनले सानैदेखि सांस्कृतिक कार्यक्रम, वक्तित्वकला प्रतियोगितामा भाग लिने गर्दथिन् । थापाले केहि गित संगितमा मोडलिङ समेत गरेकी छन् । एसएलसी सकिए लगत्तै मिस भेरी जितेकी उनले २००७ को मिस नेपाल टप २० र मिसेस नेपाल २०१६ मा दुई वटा अवार्ड जित्न सफल भएकी हुन् । साथै फोकस नेपालबाट समाजसेवी अवार्डबाट सम्मानित भइसकेकी छन् । नारीलाई आर्थिक मानसिक रुपमा मजवुत भए अप्ठेरो परिस्थितिमा समेत आफुलाई विचलित हुनबाट रोक्न सकिने उनको धारणा छ र अनुभव बताउँछ ।
यूटिसियन पुनम थापा संग कुराकानीको आधारमा । थापाले ललितपुरको ताल्चिखेलमा आफ्नो व्यूटिपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस