कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
218 Views
कैलाली । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।
घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको थियो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस