अछाममा दुई किशोरी मृत घटनामा अनुसन्धान गर्न लागि २ जना पक्राउ

नवनारी
१४ माघ २०८१
183 Views

सुर्खेत । अछाममा दुई जना किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले मृतक किशोरी सँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । पक्राउ परेका २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ । ढुंगा खसेर चोट लागेको जस्तो देखिए पनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने प्रहरीले जनाएको छ ।


धेरै पढिएको