अभिनेत्री दीया पुन विवाह बन्धनमा बाँधिइन

नवनारी
१४ माघ २०८१
185 Views

काठमाडौँ । अभिनेत्री दीया पुनले पर्यटन व्यवसायी रुक्मान लामासँग तामाङ परम्परा अनुसार विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोह चितवनको भरतपुरमा आयोजना भएको थियो ।
विवाह समारोहमा दुवै तर्फमा नजिकका आफन्त र साथीभाइको सहभागिता थियो । दुबैजनाले विवाहको जानकारी इन्स्टाग्राम मार्फत दिएका हुन् । दीया र रुक्मानले ३ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइन्छ ।

‘वीर विक्रम’बाट फिल्म अभिनयमा डेब्यु गरेकी दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानी लगायत फिल्म अभिनय गरेकी छन् । उनी अभिनीत फिल्म ‘एक्लो’ रिलिज तयारीमा छ । दीया पर्वतारोही समेत हुन् ।


धेरै पढिएको