‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने
काठमाडौं–सुपरहिट चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी २’ बन्ने भएको छ । उक्त फिल्म निर्माण गरेको ब्यानर सेभनसिज सिनेमाले आइतबार बत्तीसपुतलीमा एक कार्यक्रममा सफलताको खुसी साटेको छ । त्यहीक्रममा सिक्वेल निर्माणको घोषणा भएको हो ।
कार्यक्रममा सिक्वेलसँगै सेभनसिनले सिनेमाको ब्यानरमा अर्को फिल्म ‘रोल नम्बर १’ पनि निर्माण गर्ने घोषणा गरिएको छ । सिक्वलका लागि कलाकार, निर्देशक र अन्य प्राविधिक टोलीबारे भने केही समयपछि जानकारी निर्माण पक्षले जनाएको छ ।
फिल्म ‘रोल नम्बर १’का निर्देशन र कथा जोन योञ्जनको रहने यसअघि नै सार्वजनिक भइसकेको थियो । कार्यक्रममा निर्माण पक्षको दाबीअनुसार ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोडभन्दा बढी व्यापार गरेको छ । त्यस्तै विश्व बजारबाट फिल्मले ७५ करोडको व्यापार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस