जलन एक, घाउ अनेक, अस्पताल देखि आर्यघाट सम्मको पिडा, कहालीलाग्दो यात्रा

नवनारी
१५ माघ २०८१
411 Views

काठमाडौँ । नेपालमा हरेक वर्ष अन्य घटनाहरु जस्तै जलनका घटना पनि दिन दिनै बढी रहेको छ् । त्यस मध्ये तराईमा जलनको बिभिन्न घटनाहरु दिनदिनै बदी नै रहेको छ, चिसो, हुस्सु अनि कुहिरोको प्रभाव सबै ठाउमा छन्, तर तराईको जाडोको त कुरै फरक मात्र नभै गरिबी , अज्ञानताको पराकाष्ठा छन । सुतिको धोती लाउन सबैले सक्दैन किनकी सुतिको सारी धेरैले समयसम्म टिक्दैन, अनि चिप्लो सारी सस्तो र बलियो भएको हुँदा धेरैजसोले यहि सारी लाउने गर्दछन । जलनमा सबैको पिडा उस्ता उस्तै भएतापनी, गर्ने, हुने खानेले जसरी नि उपचार गर्न सक्छन् भने, नसक्ने, बिपन्न, तराईका मानिसहरू जुन चाहिँ उपचारको त के कुरा खानको समेत जोहो गर्दछ भने कति त अब सक्दिन , घरैमा लान्छौ, बरु अरुले पनि मुख त हेर्न पाउछ भन्नुहुन्छ भने कत्ती त उपचार गरेर पैसा, घर, जमिन समेत बेच्नु परेको भन्नुहुन्छ । पराल, दाउरा नै जाडो छेक्नको लागि मुख्य उपाय हुन्छ, जुन हरेक बर्ष मृत्युको काखमा पुगेर फर्किन्छन भने कतिपय त घरै नफर्की आर्यघाटमा सबै आफन्त नभेटि जानुपर्ने हुन्छ । कत्ती पिडा कत्ती दुख , औसधि उपचारले मात्र जलनको सहजीकरण भएको भए कोहि पनि मर्न सक्दैन थियो ।

नेपालमा वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्ल्यु. एच. ओ) को तथ्यांक अनुसार नेपालमा ६५ हजार देखि ७५ हजार सम्म मानिसहरू आगोले पोल्ने, (फ्लेम बर्न) झोलिलो पदार्थ (स्काल्ड बर्न) तातो पानी, तेल, खोले, दाल करेन्ट बाट ( इलेक्ट्रिक बर्न) आदि बाट जलनको सिकार हुन्छन् । कीर्तिपुर अस्पतालमा मात्रै बर्सेनि ६०० देखि ७०० जलनको बिरामी हरु आउछन् । त्यसमा पनि आगोले पोलेर जल्ने ६० प्रतिशत, तरल पदार्थ बाट २२ प्रतिशत, इलेक्ट्रिक बाट १३ प्रतिशत र अन्य जलनहरु केही प्रतिशत बिरामीहरु आउछन् । नेपालमा कीर्तिपुर जुन जलनको सेन्टर पनि हो, त्यस बाहेक सुश्मा कोइराला अस्पताल, पाटन अस्पताल , त्रि. बि, शिक्षण अस्पताल, वीर अस्पताल, आदिमा जलनको बिरामीको उपचार हुन्छन्, तर शैया मात्र भएर हुदैन, मेनपावर, चिकित्सक अन्य उपचारमा खर्च हुने त्यति सहज छैन । अझ भनौ भने कतिपय त उपचारको लागि यहाँ सम्म आइ नै पुग्दैन । यिनिहरु सबै अस्पतालमा जलनको बिरामी करिब १५०० आउने गर्दछ्न । त्यस मध्ये ९२ प्रतिशत बाहिरका हुन्छन् त्यस मध्ये पनि तराईका बढी आउने गर्दछ्न । अझ बिपन्न वर्गीय नै हुन्छन् । अझ कतिपय त यहाँ सम्म पनि आउन असमर्थ हुन्छन् । जलनको उपचार खर्च, बसाइ, बिरामीको खाना, कुरुवाको खर्च आदि अत्ति नै महगो भएकोले सबैको पहुँचमा हुदैन । जसले गर्दा राजधानी सम्म आएर सबैले सक्दैन ।

जलनको कुरा गरौ, नेपालमा कति प्रतिशत जलन भएमा मानिसको बाच्ने सम्भावना हुन्छ त, ठुलो ब्यस्क ब्यक्तिमा यदि २०५ जलन भएको छ भने, त्यो जटिल बुझिन्छ, किनकी सानो बालबालिकामा १०५ जलन छ भने त्यो नि उपचारमा गार्हो अवस्था हुन्छ, यदि कुपोषण भएको छ, वा ठुलो ब्यक्तिमा अन्य कुनै रोगहरु जसलाइ को– मोरबीडिटि ( मधुमेह , उच्च रक्तचाप, मुटु , मिर्गौलाको रोगको ) आदि छ भने त झन बाच्न गार्हो हुन्छ । हामी कसरी कुन ब्यक्ति, कत्तिको जोखिममा छन वा कत्ती बाच्ने सम्भावना छ त त्यो हामी बिरामीको मानिसलाई यसरी बुझाउछौ, जस्तै सामान्यतया मानिसको उमेर, बर्नको प्रतिशत, अन्य कुनै रोग छ कि, त्यो सबै हेर्छौ । जस्तै

उमेर – ४० बर्ष
जलन – ३० प्रतिशत
मधुमेह, वा अन्य कुनै (हुनसक्ने)

जम्मा –७० प्रतिशत यो भयो , कुनै रोग नभए नि उसको बाच्ने सम्भावना ३० प्रतिशत मात्रै भयो। यो साधारण कुरा मात्रै हो, त्यस मध्ये पनि जलनको बेला घाउ चिस्याउने (कुलिङ) गर्यो कि नाइ, स्लाइन दियो वा पुनर्निजलियको ब्यवस्थापन गरेको छ कि छैन, त्यो हेरेर मात्रै भन्न सक्ने हुन्छ । समयमा बिरामी आयो , कुलिङ नि भयो, उपचार नि भयो भने बल्ल बाच्ने आश गर्न सकिन्छ ।

तराईमा खाना पकाउने जोखिम सधै किन ?
तराईमा खाना पकाउने दाउरा, स्याउला, पातहरुले आदिले गरिन्छ, चुल्हो नजिकै बालबालिका पनि हुन्छन् । घाममा ढाड वा पछाडि ताप्नुस र हीटरमा अगाडी सेक्नुस त्यो भनेको आफू सजक हुनुस भनेको हो । तर जति भए नि जलनको प्रकोप कम भएको छैन । अझै सचेतना बढाउनु पर्ने देखिन्छ, तेहि बसोबास गर्ने समुदायमा प्राथमिक उपचारको बारेमा जानकारी गराउनु जरुरी छ ।

कतिपय बिरामी आउँदा आउदै शरीरमा पानीको मात्रा कम भएर , प्राथमिक उपचार नभएर झन जोखिममा हुन्छन् , जिवनजल, स्लाइन पानी, ग्लुकोज , झोलिलो कुरा खुवाउदै आउनु पर्ने हुन्छ। त्यो सबै प्राथमिक उपचार भएमा केही हदसम्म जोखिम न्यून हुने हुन्छ । तर कम प्रतिशत भएतापनी समयमा अस्पताल सम्म आएन भने बचाउन गार्हो नै हुन्छ ।

सहज र सस्तो, प्राथमिक उपचार
पहिला जुनसुकै जलन भएमा ३० मिनेटसम्म बगेको पानीमा चिस्याउने , जसलाई कुलिङ भनिन्छ , गहिरो हुन पाउदैन । जिवनजल पानी, ग्लुकोज, झोल खानेकुरा दिनुपर्छ ।

जलनमा पोषणको अत्ति नै महत्त्व
अरु रोगहरुमा यो खान हुने, नहुने भन्छन भने जलनमा त्यस्तो केही बार्नुपर्ने हुदैन । अझ साबिकको भन्दा बढी खानेकुरा चाहिन्छ , जुन हामी मुखले खान पुगेन भने नाकमा पाइप राखेर भएपनी पोषिलो खानेकुरा खुवाइन्छ ।

पोषणमा धेरै नै चुनौती
बिरामीको मानिसको भनाइ अनुसार
लसुन, दूध, दहि, माछामासु
पिरो , अमिलो
कालो दाल, केरा, केही खानु हुन्न, घाउ पाक्छ भन्ने चलन हरेक सैयामा बसेको बिरामीको कथा हुन्छन् , लौ मासको दाल मिल्छ तरु घाउ पाकिहाल्छ नि
माछा नि खाने र
केरा त्यो त झन हुन्न
मासु त्यो त हुँदै हुन्न , अझ ज्वरो आको छ,
फलानोले यो हुन्न भनेको छ, त्यो हुन्न भनेको छ, तपाई कसरी खान भन्नु हुन्छ नि, यो प्रश्न मलाइ याने कि एउटा पोषण बिज्ञलाई
मेरो जवाफ अब सबैको लागि
केही बार्नु पर्दैन ९ मादक पदार्थ, कोकाकोला , रियल जुस, एनेर्जी झोल, मैदाको खानेकुरा , बाहेक ०
हरेक पोषिलो खान मिल्ने
दहि, मोहि, लस्सी, केरा
अन्डा , अमलेट , चिकेन, माछा मासु, सोयाबिन, पानीर
बदाम, सबै दालहरु, सात्तु, लिटो, मौसमी फलफूल , सस्तो र सहजै पाउने सबै नै आफ्नो आबस्यकता अनुसारको खान सकिन्छ ।
कार्बोहाइडरेट – ७०÷८० प्रतिशत
अन्न, कम्प्लेक्स कार्बोहाइडरेट , रोटी , पराठा, खजुर, सखर, केरा आदि
प्रोटिन ( १.५ देखि २ ग्राम (शरीरको तौल अनुसारको) दुध, दहि, अन्डा, पनिर, सोयाबिन , तोफु, बदाम, माछा मासु, चिकेन , सात्तु, लिटो, नेपाली बदाम आदि ।
चिल्लो पदार्थ – ३० प्रतिशत
नेपाली बदाम (मुङफलि) ओखर, माछा, पिनट बटर, घी, सोयाबिन तेल, आलसको धुलो, फर्सीको बीउ, आदि
पानी , जिवनजल, सुप , ९ दाल, चिकेन सुप, भेज सुप, कुरिलो , (सरुम सुप) आदिको सेवन गर्न सकिन्छ ।
परामर्श र फिजियोथेरापी
आफू जलन बाट बाचेको भए तापनि आफू पहिलाको जस्तो राम्रो हुन्न सक्दैन भन्ने धेरै नै मानसिक तनाव हुन्छ, किन बाचेको, समाजले, परिवारले अथवा श्रीमानले के भन्लान् त्यो पिर बढी देखिएको छु । कुन कृम लाउने, कसरी राम्रो हुने बढी यो प्रश्न श्रीमान् ले गरेको थियो । बाच्नु भयो त्यो ठुलो भएन र, भन्दा हास्नु मात्र भयो, जस्ले गर्दा मानसिक परामर्श एकदमै दिनुपर्छ ।

मिरा शाह कीर्तिपुर अस्पतालमा पोषण बिज्ञको रुपमा कार्यरत छन् । साथै उनी नेपाल जलन फाउन्डेसन, (एन बि एफ ) ( आजिवन सदस्य ) समेत हुन् ।


धेरै पढिएको