एक किलो चरेश सहित एक जना भारतिय महिला पक्राउ
161 Views
बुटवल – कपिलवस्तुमा एक किलो चरेश सहित एक जना महिला पक्राउ परेकी छन् । भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोष्ट देवरिया मुवारकपुर धरम नगर बलरामपुरकी ३० वर्षीया सरस्वती विकलाई पक्राउ गरेको हो । उनीबाट प्रहरीले एक किलो २५ ग्राम चरेस बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले सीमा नाकामा पैदल हिँडिरहेकी विकलाई सोमबार दिउँसो पक्राउ गरेको जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । पैदल सीमा नाका पार गर्न खोजेकी उनको झोलाबाट लागुऔषध बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस