गायिका रचना रिमालको अफिसियल लोगो

नवनारी
१७ माघ २०८१
163 Views

काठमाडौं । गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन् । यतिबेला स्टेज कार्यक्रममा व्यस्त उनले महोत्सवबाट लोगो सार्वजनिक गरेकी हुन् । 

अर्घाखाँची महोत्सवको मञ्चबाट उनले लोगो सार्वजनिक गरिन् । त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिइन् ।

सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ । कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ । 


धेरै पढिएको