एचपिभी खोप अभियानः १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई लगाइँदै
277 Views
काठमाडौँ । क्यान्सरविरुद्धको एचपिभी खोप अभियान अन्तर्गत सरकारले देशभरका १६ लाख बढि किशोरीहरुलाई खोप लगाउने भएको छ ।
१० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप प्रदान गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको छ । खोप अभियान माघ २२ देखि सुरु हुनेछ ।
सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजनासमेत अगाडि बढाएको छ । मन्त्रालयका अनुसार नागरिकको योगदानमा आधारित कोष बनाएर स्वास्थ्य बीमाको रकम समेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस