चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक (भिडियो सहित)

नवनारी
१८ माघ २०८१
214 Views

काठमाडौं । चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ। यसको भिडिओको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ ।

सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’ नेपालको चर्चित फिल्म शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण हो । फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । फिल्ममा पारस र सिम्रनसँगै रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, समा पराजुली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
भिडियो लिंकः


धेरै पढिएको