चलचित्र ‘एक्टर–टेक वान’आजदेखि प्रदर्शनमा

नवनारी
१८ माघ २०८१
243 Views

काठमाडौँ । चलचित्र ‘एक्टर–टेक वान’आजबाट देशभर प्रदर्शनमा आएको छ । बुधबारबाटै प्रदर्शनमा आउने भनिए पनि विवादका कारण फिल्म रोकिएको थियो । फिल्मको नाम आफ्नो फिल्मसँग मिलेको भन्दै नेपाली डायस्पोरा इन्टरटेनमेन्टले मुद्दा हालेपछि जिल्ला अदालत काठमाडौंले ‘एक्टर’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको थियो । बिहीबार दुई फिल्म निर्माण कम्पनीहरूबीच सहमति जुटेको थियो । फिल्मलाई राजन भुषालले निर्देशन गरेका छन् भने थमन कुमार भण्डारीले निर्माण गरेका छन् ।

फिल्ममा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका छ । यो फिल्ममार्फत् अभिनेता राजबल्लभ कोइरालाले कमब्याक पनि गरेका छन् । त्यसैगरी अभिनेता दिलिप रायमाझीकी छोरी अभिनेत्री दिव्या रायमाझीले पनि फिल्ममा डेब्यु गरेकी छन् । त्यसैगरी आना शर्मा, दिव्यदेव, सुशील सिटौला, सिर्जना अधिकारी लगायतका कलारको भूमिका छन् । अभिनेता सरोज खनाल, निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेता महेश त्रिपाठी पनि फिल्ममा छन् ।


धेरै पढिएको