मुस्कुराइरहन के गर्ने ? यस्ता छन् विज्ञका सुझाव

नवनारी
१८ माघ २०८१
219 Views

काठमाडौँ । स्वास्थ्य जिवनको लागि हाँस्नु एकदमै राम्रो मानिन्छ । सधै खुसी रहने बाँनीले मानिसको दैनिक जिवन संग संगै स्वास्थ्यमा पनि राम्रो फाइदा गर्ने विज्ञहरु बताउँछन् । मनोविद् विजया बिजुक्छे भन्छिन्, ‘मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।’

मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटीु, मनोविद् बिजुक्छेले भनिन्, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाव कम हुन्छ, तनाव कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’ मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ ।

कसरी मुस्कुराइरहने ?

कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउँछिन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनको सुझाव छ । ‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छु,’ मनोविद् बिजुक्छेले भनिन्, ‘मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौँ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।’ नियमित व्याम गर्ने, पर्याप्त निन्द्रा, प्राकृतिक सोन्दर्य भएको क्षेत्रमा समय विताउने जस्ता कार्यले पनि मानिसको दैनिक जिवन खुसी र सुखी राख्न सकिन्छ ।


धेरै पढिएको