आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश
166 Views
काठमाडौँ । अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । तर तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस