गायिका एलिना चौहानले दर्ता गरिन् सम्बन्ध बिच्छेदको मुद्दा

नवनारी
१८ माघ २०८१
194 Views

काठमाडौं । गायिका एलिना चौहानले पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकि छन् । चौहानले अंश र माना चामल नलिनेगरी सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकि हुन् । चौहानले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएकि हुन् ।

दर्ता गराइएको फिरादमा गायिका चौहानले पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकि छन् । विष्णुसँग गायिका चौहानको गत वैशाख ५ गते विवाह भएको थियो ।


धेरै पढिएको