फ्यानलाई चुम्बन गरेपछि विवादमा गायक उदितनारायण झा, स्पष्टीकरण दिए

नवनारी
२० माघ २०८१
245 Views

काठमाडौं । गायक उदितनारायण झा संग सम्बन्धीत एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उदितले एक महिला फ्यानलाई चुम्बन गरेका छन् ।

३१ जनवरी राति उदितनारायण एक कन्सर्टमा गाउँदै थिए । त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन् । त्यसपछि उदितले ती फ्यानलाई ओठमा चुम्बन गरेका थिए । उक्त भिडिओ बाहिरिएपछि गायक उदितको आलोचना भइरहेको छ । भने कतिपयले त्यसलाई सामान्य रुपमा लिएका छन् ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण दिएका छन् । ‘फ्यानमा यति धेरै पागलपन छ । हामी यस्तो छैनौं, हामी सभ्य छौं । केही मानिसहरूले यसलाई प्रोत्साहित गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन् । यस्तो कुरालाई उडाएर के गर्नु’ उनले भने, ‘भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न ।’


धेरै पढिएको