सुशान्त केसीले नयाँ गित ‘झण्डै’ सार्वजनिक

नवनारी
२१ माघ २०८१
244 Views

काठमाडौं –चर्चित गायक सुशान्त केसीले आफ्नो जन्मदिनको अवसरमा आइतबार नयाँ गीत ‘झण्डै’ सार्वजनिक गरेका छन् । गीत रिलिजको केही घन्टामै युट्युब ट्रेन्डिङमा परेको छ । विछोडको भाव प्रस्तुत गरिएको यो गीतमा सुशान्तको स्वर छ ।
संगीत उनी र इशान केसीले दिएका छन् । भिडिओमा सुशान्त र राजश्री थापाले अभिनय गरेका छन् । नयन राईको डिओपी तथा निर्देशन यसमा छ । गीत सोमबार बिहान २ लाख ३० हजार भ्युजका साथ युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ १३ औं स्थानमा छ ।

भिडियो लिंकः


धेरै पढिएको