बेलायती राजकुमारी सोफिया काठमाडौँमा

नवनारी
२२ माघ २०८१
207 Views

काठमाडौं । करिब एक साताको निजी भ्रमणका लागि बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुगेकी छन् । भने राजकुमार एडवार्ड पनि आजै काठमाडौं आइपुग्ने तयारी छ ।
आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबाट) र सोफिया (लन्डनबाट) फरक–फरक जहाजमा काठमाडौं अवतरण गर्ने कार्यतालिका अनुसार सोफिया अवतरण गरिसकेकी छन् भने एडवार्ड दिल्लीबाट आउँदैछन् । 

मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।


धेरै पढिएको